६ असोज,काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बन्नु भएकी सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार हुँदा मन्त्रालय हेरफेर गरिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेटसहित भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज दोस्रो पटक चार मन्त्री थप्नु भएको हो ।
यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ। उहाँले ११ सदस्यीय मन्त्रालय बनाउने बताइसक्नु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले अझै परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखनु भएको छ । साथै उहाँले भदौ ३० गते नियुक्त दुईजना मन्त्रीहरू रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गर्नुभएको छ ।
अर्थमन्त्री खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ। अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हानु हुनेछ ।
कानुन मन्त्रालयको जिम्मेवारी आज नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ। कुलमान घिसिङको तीनवटा मन्त्रालय भने यथावत राखिएको छ।
कार्की नेतृत्वको सरकारमा संचारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
