साउन २३ काठमाडौं:नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ ।
दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणको ८२ अर्ब नाफामा विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल नजोडिएको प्रष्ट पार्नु भएको छ ।
‘
उहाँले भन्नु भयो,८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’
पछिल्लो ८ वर्षमा प्राधिकरणले करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उहाले बताए। आर्थिक वर्ष २०७२र७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उहाँको दाबी छ ।
आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उहाँको भनाई छ । प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उहाँले बताउनु भयो ।
