बैशाख ५, काठमाडौं : मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र-१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर(५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको प्रहरीले जनाएकओ छ ।
मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

Good https://is.gd/tpjNyL