काठमाडौं : खोटाङ जिल्लाको नेर्पा घर भई हाल काठमाडौँ बौद्ध बस्दै आउनु भएका नरबहादुर दर्जी (नरेश परियार) बेपत्ता हुनुभएको छ ।
उहाँ बौद्ध–६ फुलबारी स्कुल नजिकै आफ्नै पसलबाट गत १० गते (बिहिबार )मध्यान्ह १२ बजेदेखि सम्पर्कबिहीन हुनुभ्एको हो ।
१० गते साँझको ६ बजे खुर्कोटबाट श्रीमती कल्पना दर्जीलाई कल गरेको र त्यसपछि सम्पर्कमा नआएको बताइएको छिमेकी देवराज सुन्दासले जानकारी दिनु भयो ।
४६ बर्षीय नरबहादुरले धर्के सेतो र आकासे रङको सर्ट, खरानी रङको पाइन्ट र चप्पल लगाउनु भएको सुन्दासले बताउनु भएको छ ।
अन्दाजी ५ फीट २ इन्च उचाई र गहुँ गोरो वर्णको उहाँलाई तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा वा आफन्तको फोन न देवराज सुन्दास – 9851145562 र श्रीमती कल्पना दर्जी – 9841071055 उहाँको ठुलो दाई – 9869302353 मा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।
