माग २१,काठमाडौं : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर त्यहाँस्थित आदिवासी जनजातिले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चलिरहेको छ ।
त्यही आन्दोलनका क्रममा सोमबार काठमाडौंको माइतीघरमण्डलमा प्रतीकात्मक प्रदर्शन भएको हो । पाथीभर क्षेत्रमा माघ १२ गते भएको झडपलाई देखाउने गरी नाटकसहित प्रदर्शन गरिएको हो।
माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर चारजना घाइते भएका थिए ।
