फागुन ८ ,काठमाडौं :काठमाडौंको आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार उक्त चित्रकला प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको सो प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरी प्रदर्शनी गरिएको छ। काठमाडौंको आर्ट काउन्सिलमा जारी प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।
मुन्दुमु हजारौं वर्षदेखि एकबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको समग्र किरातीहरूमा प्रचलित मौखिक ज्ञान हो।
