काठमाडौं ९,असोज : युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १,७१४ रुपैयाँ लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीले २८ असोजका लागि बुक क्लोजको मिति तय गरेको छ । २७ असोजसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले लाभांश पाउने छन् । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५०,३९८ रुपैयाँ ९० पैसा छ ।
यो कम्पनी नेपालको बजारमा सबैभन्दा महँगो हो । कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत गरिएको छ ।
