साउन ३२,काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नु भएको छ ।
मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उहाँ त्यसतर्फ प्रस्थान गरेका पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनु भयो । अध्यक्ष लिङ्देनका साथ
पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन्। लिङ्देन भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ।
