फागुन,काठमाडौं ३० : राष्ट्रिय लिग फुटबलमा मछिन्द्र एफसीले नेपाल पुलिस क्लबलाई गोलले पराजित गरेको छ । हिजो दशरथ रंगशालामा भएको खेलमा अभिनाश स्याङ्गतानले गरेको गोलमा मछिन्द्र विजयी भयो ।लिगमा आठौँ जितसहित मछिन्द्र अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
उसको १० खेलमा २५ अंक भएको छ । त्यस्तै अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र लालीगुराँस एसोसिएसन क्बलबीचको खेल बराबरी भएको छ । दशरथ रंगशालामा नै भएको खेल बराबरी भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्
