
असार ४ काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यात्नुु भएको छ । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट पुस्तिका च्यात्नु भएको हो । अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका छन् ।
लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताउनुभयो । मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उहाँले बताउनु भयो । मन्त्री महासेठले बजेट बनाउँदा विधि भत्काएको उहाँको भनाई छ । लिङ्देनले यो व्यवस्था रहेसम्म यस्ता विकृति देखिइरहने बताउनु भयो ।
