लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति
बैशाख १७, काठमाडौ : जारी लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।
सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका छन् ।
जसअनुसार चिनियाँ कम्पनीको लगानी ६ अर्ब स्वीकृत भएको छ । यस्तै अस्ट्रेलियस्थित जे एण्डजेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब लगानी स्वीकृत भएको छ ।
एक्लियस इनर्जी युके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।
