काठमाडौ १९,असोज :नुवाकोटको शिवपुरी– ८ काफलडाँडामा हायलक्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जान लागेको पिपुल्स हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको हायलक्स गाडी बिहान ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिनु भयो
घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये तीनजनाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
