शेयर बजार उच्च अङ्कले बढेर २ हजार विन्दुमाथि, कारोबार रकम पनि बढ्यो
बैशाख १८, काठमाडौ : साताको तेस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक २५।९३ अंकले बढेको छ । नेप्से १।३० प्रतिशतले बढेर २००६।२८ को विन्दुमा पुगेको छ ।
यस दिन ३२० धितोपत्रका एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विकास बैंक उपसमूहको समूहगत सूचक सबैभन्दा धेरै ४।९० प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक १।१८ प्रतिशतले घटेको छ ।
कर्पोरेट विकास बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ७।१८ प्रतिशतले घटेको छ ।
