भदौ ९,काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज उच्च अंकले घटेको छ। नेप्से आज ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो।
आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
लघुवित्त समूह १ दशमलव ०८ प्रतिशत बढेको छ भने अ रू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूह ३ दशमलव ८३, बैंकिङ ३ दशमलव ३१, वित्त ३ दशमलव ५० र अन्य समूह ३ दशमलव ५५ प्रतिशतले बढेको छ।
