साउन १५,काठमाडौं : नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।
हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै (३ वर्ष) हुँदा प्रभावित स्थानीय मर्कामा पर्ने गरेका छन् ।
‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रभावित स्थानीयको पनि लकइन अवधि ३ वर्ष नै भएकाले संस्थापकको हकमा केही बढाउनुपर्ने आवश्यकता देखिएकाले यो तयारी गरिएकोबोर्डले जनाएको छ ।
