काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिनु भएको छ ।
धनगढीमा बिहीबार पत्रकारहरूसँग अध्यक्ष प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गर्नु भयो ।
‘दुई तिहाइको घमन्ड नगर्नुस् सुध्रिनुस् भनेर मैले अस्ति संसदमा सम्झाएको मात्र छु।’ प्रचण्डले भने, ‘अलि बढि गर्नुभयो भने हामी सडकमा जान्छौं।’
आफ्नो नेतृत्वको सरकारले गरेका काम जनताले बुझेको भन्दै प्रचण्डले अहिले एमाले–कांग्रेस रक्षात्मक हुनुपर्ने अवस्थामा पुगेको बताउनु भयो । कांग्रेस(एमालेले संविधानमा घात गर्न सक्ने उहाँको आशंका छ।
