साउन ७,काठमाडौं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका( १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जनाएको छ। उहाँको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालयलाई सुचना आएको प्रहरीले जनाएको छ ।
खबर आएलगत्तै घटनास्थल पुगेको प्रहरीले रायलाई कोठा भित्र मृत अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री हुनु भएको थियो । परिवारसहित मलंगवा बस्दै आउनु भएका राय आइतबार मात्रै रतनपुर आएको बताइएको छ।
