सर्वभौम समिति निर्माण संंम्बन्धि एक दिने कार्यशाला
बैशाख २१, काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रिय उत्पादन बिभागले बैशाख २० गते सर्वभौम समिति निर्माण संंम्बन्धि एक दिने कार्यशाला सम्पन गरेको छ ।
पार्टीको कार्यदिशा लागु गर्ने उद्देस्यले संचालित कार्यशालामा पार्टीका केन्द्रिय सदस्य तथा सार्बभौम समितिका सदस्यहरु बीच पार्टीको कार्यदिशा र उत्पादन सम्बन्धि गहन छलफल भएको थियो।

छलफलमा केन्द्रिय उत्पादन विभागले तयार पारेको सार्बभौम समिति विनिमय केन्द्र संम्बन्धि अवधाराणा र योजना प्रस्तुत पछि उपस्थित सदस्यहरुले उठाएको प्रस्न हरुलाई पार्टीका केन्द्रिय सदस्य जागृत रायमाझीले अहिले सार्वभौम समिति अघि बढ्ने दिशामा रहेको वताउनुभयो ।
पार्टीका महासचिव आहुतिले संश्लेषणात्मक निस्कर्ष निकाल्दै पार्टीको कार्यदिशा लागु गर्न उपस्थित सदस्यहरुलाई आग्रह गर्नु भयो ।
समुदाय नै उत्पादक समुदाय नै उपभोक्ता, हुने उत्पादन चक्र निर्माण गर्न सबै लाग्नु पर्ने र उत्पादन, विनिमय, वितरण र उपभोगको एउटै चक्र निर्माण गरि समाजबादी उत्पादनमा लाग्नु पर्ने कुरामा महासचिवले जोड दिनु भयो ।
बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय समितिको बैठक यहि बैशाख १८ गते बसेको थियो भने बैज्ञानिक समाजबादी ट्रेड युनियन महासंघले १३५ औं मजदुर दिवस समेत बैशाख १९ गते मनाएको थियो ।
