फागुन १०,काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मिति २०८० फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु।१ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले ती सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ थान कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो ।बैंकले आफू जनताको दुस्खमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत भएको बताएको छ ।
