माघ २१, काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।
वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको हो ।काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले १४ वटा टहरा भत्काइरहेको जानकारी दिनु भएको छ । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाउने काम भएको उहाँको भनाई छ ।
