जेष्ठ १८ काठमाडौं : सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मुल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
हिजो सुनको मुल्य तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । यसअघि जेठ ७ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज त्यो रेकर्ड तोडिएको छ ।
त्यस्तै चाँदीको मुल्य भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।
