सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
बैशाख २०, काठमाडौं: आज सुनको मुल्य तोलामा दुई हजार रुपैयाँले बृद्धि भएको छ । आज सुनको मुल्य तोलामा एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३४ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमुल्यमा उतारचढाव भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
