१३ फागुन,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गर्नुभएको छ ।
उहाँले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले १४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?
रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्यो होला नि भन्दै प्रश्न गर्नुभयो । उहाँले किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?
इटहरीको सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताउनुभएका थियो ।उहाँले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताउनुभएको थियो ।
