१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (फोटोफिचर)
बैशाख १९, काठमाडौं : १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । सन् १८८६ अमेरिकाबाट ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
त्यस्तै दिवसको अवसरमा श्रमिक महिला रक्षा संघले पनि १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन समेत महिला रक्षा संघले आग्रह गरेको छ ।
सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन महिला रक्षा संघले नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका कर्मचारी मजदुरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फोटो

