४ साउन ,काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ ।
लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ । अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।
लाइसेन्सका सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज, छिटो, पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।
