साउन,काठमाडौं २१: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको जनाएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ २९ पैसा र बिक्रीदर ४६० रुपियाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपियाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६५ रुपियाँ ३९ पैसा रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६६ पैसा र बिक्रीदर १६३ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७१ पैसा र बिक्रीदर १८७ रुपियाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ६६ पैसा र बिक्रीदर १७४ रुपियाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १४ पैसा र बिक्रीदर ९१ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९१ पैसा र बिक्रीदर १०९ रुपियाँ ३८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६० पैसा कायम भएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
