कपुरकोट गाउँपालिकाद्वारा राजनीतिक दलमा आबद्द शिक्षकलाई दल बाट रजिनामाका लागि १५ दिने अल्टिमेटम
बैशाख ३१, काठमाडौ : कपुरकोट भिओ सल्यानको कपुरकोट गाउँपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयमा कार्यरत शिक्षकहरुले राजनीतिक दलको सदस्यता
अनिबार्य त्याग गर्नु पर्ने भएको छ ।
गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सेवा प्रबाहलाई मर्यादित बनाउन शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग गर्नु पर्ने भएको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको सुचनामा शिक्षकहरुले १५ दिन भित्र सदस्यता त्यागेको स्वघोषणा गर्न निर्देशन दिइएको छ ।
शिक्षा ऐन २०२८ संसोधन सहित १६ को दफा ङ उपदफा ५ को व्यवस्था कार्यान्वयनका लागि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई १५ दिनका समय निर्धारण गरिएको छ ।
सुचना जारी भएको मितिले राजनीतिक दलको सदस्य त्यागेको स्वघोषणा नगरेमा तथा राजनीतिक दलको सदस्यता भएको
प्रमाण सहित सुचना आएमा कानुन बमोजिम कारबाही हुने शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ ।
