फागुन २० ,काठमाडौं :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाउनु भएको छ ।
पार्टीका सांसदहरूलाई आइतबार प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनु भएको हो । कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको अध्यक्ष ओलीको भनाई छ ।
अध्यक्ष ओलीले भन्नु भयो ,‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ। दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो, निजी क्षेत्रलाई पनि सिध्याइदियो,’।
बाँसबारी छालाजुत्ता कारखाना र हेटौँडा कागज कारखानाको उदाहरण दिँदै उहाँले ती उद्योग नचलेको बताउनु भयो ।उहाँले भन्नु भयो,‘त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो। अहिले निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहेको उहाँको भनाई छ ।
