२२ फागुन,काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभएको छ ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी हुनुभएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याउनुभएको छ । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित हुनुभएको हो ।
