२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा मत गणनामा निर्वाचनको काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २–२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् ।
काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
यसैगरी ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर क्षेत्रनम्बर १ मा भने कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन् । अहिले हाल सम्मको नतिजा हेर्ने हो भने धेरै जस्तो ठाउँमा रास्वपा अघडि देखिएको छ ।
