२६,भदौं,काठमाडौं नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूको निर्णयअनुसार भदौ २७ गते केही समयका लागि आवतजावत गर्न दिने व्यवस्था मिलाइएको हो।
जंगी अड्डाका अनुसार २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सामान्य आवतजावत गर्न सकिनेछ। तर, बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ।
