४ असार,काठमाडौं । नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराउनु भएको हो ।
पूर्वसभामुख समेतरहनु भएका महराले जारी गरेको विज्ञप्तिमा भन्नु भएको छ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’
पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराउनु भएको छ ।
उहाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समुद्र नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।’
उहाँले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित भएको जानकारी उल्लेख गर्नुभएको छ ।
