
असार ११ काठमाडौं : गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने चेतावनी दिनु भयो । मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिनु भएको हो ।
सरकारले मनपरी बजेट पारेको भन्दै सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्नेमात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने बताउनु भयो । सरकारले वितरणमुखी बजेट ल्याएको पाठकको भनाइ छ । बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको पाठकले बताउनु भयो ।
यो बजेटमा समावेश विनियोजित विधेयक छलफलै गर्न योग्य नरहेको पाठकको भनाइ छ । पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको पाठकले आरोप लगाए । एउटै निर्वाचन प्रणालीबाट आएका सांसदलाई नै पर्गेल्ने काम भएको उहाँको भनाइ छ ।
