फागुन १४,एजेन्सी :चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनको जानकारी उहाँकी छोरी नायबले सामाजिक सञ्जालमा दिनु भएको हो ।
गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए ।पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उहाँ आफ्ना तीन भाइहरूमध्ये कान्छो हो । उहाँको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।
उहाँका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उहाँका बुबा केशुभाई उधास सरकारी कर्मचारी हुनुहुन्थ्यो । उहाँकी आमा जितुबेन उधासलाई गीतको निकै मन थियो । यही कारण पंकज उधास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।
