
असार २९, काठमाडौं : संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएसँगै केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नु भएको छ । एमाले संसदीय दलका नेता ओली आइतबार मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।
कांग्रेसका ८८, एमालेका ७७, जसपा ७, जसपा नेपाल पाँच, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्रसहित गरी दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा ओली प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।
