
असार २९,काठमाडौं: विम्बल्डन टेनिसको उपाधिका लागि विश्व नम्बर २ नोभाक जोकोभिच र विश्व नम्बर ३ कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुने भएको छ।
लण्डनमा गएराति सम्पन्न सेमिफाइनल खेलमा सर्वियाका जोकोभिचले २५ औं वरियताका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध ३–० को सहज सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन्। सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले मेसेट्टीलाई ६–४, ७–६ र ६–४ को सेटिमा पराजित गरे।
जोकोभिच अब आठौँ विम्बल्डन उपाधि जितेर रोजर फेडेररको कीर्तिमानी बराबरी गर्ने दाउमा छन्। उनीसँग प्रतिस्पर्धा गर्न लागेका स्पेनिस खेलाडी अल्काराजले सेमिफाइनलमा डेनिल मेदभेदेवलाई पराजित गरेका थिए। साविक विजेता अल्काराज चौथो पटक उपाधि जित्ने दाउमा छन्। अल्काराज र नोभाक जोकोभिचबीचको फाइनल खेल जुलाई १४ मा हुनेछ।
