वैशाख १६, काठमाडौं दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाल वेष्ट इण्डिज ए बिरुद्द १० रनले पराजित भएको छ ।
यो सँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो।
नेपालका लागी रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रन बनाउनु भयो ।
गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रन बनाउनु भयो ।
साथै ओपनर अनिल शाह १, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रन जोड्नु भयो ।
यता कुशल मल्ल भने ० मा बाहिरिनु भयो ।
वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
ओशान थोमस र रोस्टन चेशले १(१ विकेट लिए ।
रन लक्ष्य
अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए ।
पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्टेटमा चौका भएको थियो ।
तेस्रो बलमा आकाश चन्द दुई रन लिन दौडिँदा रन आउट भए ।
चौथो बलमा सागर ढकालले १ रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिएको थियो ।
पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । त्यसपछि अन्तिम बल डट खेले ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।
स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे ।
म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।
तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए ।
त्यसपछि कुनैपनि समय वेष्टइण्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् ।
रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए ।
अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
पाँच खेलको सिरिजमा नेपाल १–० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।
