असोज,काठमाडौं १३ : जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका बताइएको छ । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।
दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो ।
