१३ बैशाख,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ ।
वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको बेला गोली भलेको आवज आएको थियो । डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले आकस्मिक उद्धार गरेका हुन् । घटना हिल्टन होटलको बैंक्वेट हलमा भएको हो ।
घटना लगत्तै ट्रम्पसहित उहाँकी श्रीमती मेलानिया पनि सहभागी हुनुहुन्थ्यो । प्रथम महिला मेलानियालाई पनि सुरक्षित ठाउँमा लगिएको छ । बीबीसीका अनुसार ट्रम्पले गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेको प्रतिक्रिया दिनुभएको छ ।
