चैत ३०, काठमाडौं: त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गर्नुभएको हो ।
शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए । तर, कुलपतिले सिफारिस गरिएका व्यक्तिहरूलाई नियुक्त गर्न रोकेका थिए ।
चौतर्फी दबाब तथा उपकुलपति बरालको अडानपछि कुलपति प्रचण्डले दुवै जनालाई नियुक्त गर्नु गर्नु भएको हो ।
