असोज,काठमाडौं १९ : देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर वर्षा भइरहेकोल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू(भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आइतबार कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।
कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू(भागका केही स्थान र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
