२१ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदानगर्नुभएको हो ।
साथै, उहाँले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने भएको उहाँको भनाई छ । अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह पनि गर्नुभएको छ ।
