जेठ,काठमाडौं १९ : सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गर्नुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि उहाँले भन्नुभयो, ‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’
उहाँले दुवै छिमेकीको तलमाथि परेको भूमि समस्या मिलाउन पुरानै समितिहरूले काम गरिरहेको बताउनुभयो । ‘भूमिसम्बन्धी सीमा विवाद मिलाउन पुरानै मितिहरू छन् । प्रधानमन्त्रीले पनि यसबारेमा भन्नु भएको छ’, उहाँले भन्नुभयो सीमा विवादबारे भारतले पनि नोट पठाएको छ। नेपालले पनि पठाएको छ। हामीले सीमा विवादसम्बन्धी काम अघि बढाउँदा भारतले पनि हाम्रो सीमा मिचिएको छ भनेर प्रधानमन्त्रीले खबर गरेको भन्नुभएको हो ।’
उहाँले क्रस बोर्डर अपुकेशनबारे बोल्दै भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्ने सक्ने र नेपालले उपभोग गरिरहेको भारतमा पर्न सक्ने पनि बताउनुभयो । पोखरेलले नेपाललाई भारतले खबर गर्दा कहाँ कहाँ सीमा मिचियो भनेर खबर पठाएको भन्ने कुरा नखुलाएको बताइएको छ ।
