साउन२३, काठमाडौं :बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख नियुक्त हुनुभएको छ । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले उहाँलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्नु भएको हो ।
आन्दोलनरत विद्यार्थीको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको जनाइएको छ ।
आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गर्नु भएको थियो । लगत्तै युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको हो।
अब बंगलादेशमा उहाँकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ। अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ।
