साउन,काठमाडौं १७; सुदृढ परिवारले नै सुदृढ भविष्य निर्माण गर्छ भन्ने उद्देश्यका साथ ‘ब्लिसफुल प्यारेन्टिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबार मनास्लु वर्ल्ड स्कुुल र केव्स स्कुलको संयुक्त आयोजनामा भएको कार्यक्रम स्कुलका प्रधानाध्यापक गेन्द्र लामा शिक्षक(शिक्षिका तथा अभिभावकहरूको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो ।
अभिभावकलाई बालबालिकाको भावनात्मक, मानसिक र सामाजिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने कार्यक्रमको मुख्य उदेश्यका रहेको छ ।
कार्यक्रममा प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभावकहरुलाई बालबालिकाको समग्र विकास, अभिभावक र सन्तानबीचको सकारात्मक सम्बन्ध तथा घरपरिवारमा माया, सम्मान र विश्वासमा आधारित वातावरण निर्माणका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
