काठमाडौं : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन बस्दै छन् ।विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवनसामु आमरण अनशन बस्ने जानकारी दिनु भयो ।उहाँले आफू बरु मर्न तयार हुने तर अनशन नछोड्ने स्पष्ट पार्नु भयो ।
उहाँले आफूले गरेको आमरण अनशनमा सबै दलले समर्थन गर्ने दाबी गर्नु भयो । आफूले उठाएको एजेण्डा जनताको एजेण्डा भएकाले सबैले सहयोग गर्ने उहाँको दाबी छ।
आफ्ना समर्थकहरूबाट रिले अनशन, आमरण अनशन बस्छु भनेर प्रस्ताव आइरहेको पनि बताए। केही सामाजिक अभियन्ता पनि आमरण अनशनमा जुट्ने उहाँले बताउनु भयो ।
कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै हिजो ४८ घण्टाको अल्टिमेटम दिनु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पूरा नगरे आमरण अनशन बस्ने चेतावनी दिनु भएको थियो ।
