
असार १८ काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाउनु भएको छ। सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो , ‘तपाईंहरु नै फाइल खोल्नुपर्यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले ‘यो बेचैनीको अर्थ के होला भन्दै प्रश्न गर्नु भयो ।दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गर्नु भयो ।
उहाँले भन्नु भयो ,अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला ? जनताले राम्रोसँग बुझेका छन् ।
