फागुन ७,काठमाडौं -उदयपुरको श्री नमुना माध्यमिक विद्यालय मुर्कुचीले यहि फागुन १० र ११ गते दोस्रो रौतामाई विज्ञान तथा कला प्रदर्शनी आयोजना गर्ने भएको छ ।
मा.वि मुर्कुचीको ६२ औं वार्षिकोत्सव तथा २० औँ अभिभावक दिवसका अवसरमा विद्यालयले दोस्रो पटक दुई दिने प्रर्दशनी आयोजना गर्न लागेको हो । दुईदिन सम्म हुने प्रदर्शनीमा विज्ञान, कला, समाजिक र वातावरण गरी चार विद्या समेटेर विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी गर्ने विद्यालयको प्रविधिक धारको संयोजक सन्तोष कुमार यादवले जानकारीदिनु भएको छ ।
उहाँका प्रदर्शनीमा करिब ४० देखि ४५ विद्यालयको सहभागिता हुने अनुमान छ । प्रर्दशनीमा रक्तदान कार्यक्रम पनि हुने यादवले बताउनु भयो । चारै विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिने प्रधानाध्यापक खड्गबहादुर थापाले बताउनु भयो । प्रत्येक विद्यामा प्रथमलाई रु १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार नगदको व्यवस्था रहेको थापाले बताउनु भयो । प्रत्येक सहभागी विद्यार्थीहरुको लागि पनि प्रमानपत्र रहेको छ ।
