
जेष्ठ २४ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार छिमेकी मुलुक भारत जानु हुने भएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जान लाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ । शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।
