माग २४,काठमाडौं : पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश भएको छ।
साहारा सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।
यसअघि कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा १ करोड बैंक ग्यारेन्टी पेश गरेर उहाँ रिहा हुनुभएको थियो चितवनस्थित साहारा सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपसहित लामिछानेविरूद्ध ठगीको मुद्दा दर्ता गरिएको थियो।
